नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना

काठमाडौं २४ असार। आज पनि नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए।

यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।

एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ।

प्रवक्ता खड्काका अनुसार उनीहरूलाई चार वटा उडानपछि पिसिआर परीक्षण गरेर घर पठाइने गरिएको छ।



ट्रेन्डिङ