२४ घन्टामा थपिए २ सय ५५ जना कोरोना संक्रमित

२४ घन्टामा थपिए २ सय ५५ जना कोरोना संक्रमित

काठमाडौं २४ असार। नेपालमा पछिल्लो २४ घन्टामा २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।

यससङ्गै अहिलेसम्म निको हुनेको संख्या ७ हजार ७ सय ७२ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

मंगलबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।



ट्रेन्डिङ