साउन ७ भित्रमा विद्युत महसुल तिरेमा जरिवाना नलाग्ने

साउन ७ भित्रमा विद्युत महसुल तिरेमा जरिवाना नलाग्ने

काठमाडौं २४ असार। गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल यही साउन ७ गते भित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था नेपाल विद्युत प्राधिकरणले गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् ।

तर निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म सम्म निरन्तरता दिएको छ ।

सरकारले लक डाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । अब गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन ।



ट्रेन्डिङ