गैंडाको खागसहित चारजना काठमाण्डौंमा पक्राउ

गैंडाको खागसहित चारजना काठमाण्डौंमा पक्राउ

काठमाडौं २४ असार । बुधबार काठमाडौंको सिनामंगलबाट गैंडाको खागसहित चारजना पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका २७ का ६० वर्षीय सरोज गुरुङ, भक्तपुर नयाँठिमी बस्दै आएका २७ वर्षीय बुद्धि क्षेत्री, सिनामंगल बस्दै आएका ३५ वर्षीय पूर्ण परियार र सिनामंगलमै बस्दै आएका २५ वर्षीया शिखा गिरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गैंडाको खाग खरिद–बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । उनीहरुको साथबाट साढे ४ इन्च लम्बाइ, ५ इञ्च फेदको गोलाइ रहेको एक थान गैंडाको खाग बरामद भएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ