‘कोरिया जान दे’भन्दै काठमाडौंमा प्रदर्शन

‘कोरिया जान दे’भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं २४ असार। बुधबार माइतीघरमा दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूूरा गरी उडानको पर्खाइमा रहेकाहरूले प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडान बन्द भएपछि प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरूले ‘की रोजगारी दे, की कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, ‘गरी खान दे सरकार, उडान खोली जान दे सरकार’, ‘काम रोक्न पाइँदैन, नालायक सरकार चाँहिदैन’, लगायत नारा लगाएका थिए ।

उनिहरुका अनुसार २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजार बढीको रोजगारी गुम्ने खतरा रहेको छ । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहिनेत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरी देवकोटाले बताए । सरकारले आफ्ना माग पूरा नगरे पूर्णरूपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।



ट्रेन्डिङ