सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु

सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु

सर्लाही २४ असार। सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादवको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुंवरले जानकारी दिए । घटनामा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ लेनदेनबारे छलफल गर्न अशोक यादव आफन्तको घर सर्लाहीको बलरा नगरपालिका गएका थिए । त्यहा लेनदेनकै बिषयमा भनाभन हुँदा उनीमाथि कुटपिट भएको थियो । कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कुंवरले बताएका छन् । उनीमाथि आफन्तले कुटपिट गरेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव आज पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । अनुसन्धान प्रभावित हुने भएकाले पक्राउ परेकाको नाम तत्काल सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



ट्रेन्डिङ