नेपालमा युवा उमेर समूहका बढी कोरोना संक्रमित

नेपालमा युवा उमेर समूहका बढी कोरोना संक्रमित

काठमाडौं २४ असार। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

तथ्यांक हेर्दा संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका संक्रमित रहेका छन्। २१ देखि ३० वर्ष उमेर समूहका संक्रमित संख्या ६ हजार २९ छ। त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका ३ हजार ६ सय ९७ जना संक्रमित छन्।

त्यस्तै, तेस्रोमा ११ देखि २० वर्ष उमेर समूहका ३ हजार ३ सय ६८ जना संक्रमित छन्।५१ देखि ६० वर्ष उमेर समूहका भने ५ सय ९५ संक्रमित छन्।यस्तै, १० वर्ष मुनिका संक्रमित बालबालिकाको संख्या ६ सय २ छ।त्यस्तै, ६१ देखि ७० उमेर समूहका १ सय ९१ र ७१ देखि ८० उमेर समूहका ४६ जना संक्रमित छन्। ८० वर्ष माथिका भने १२ जना संक्रमित छन्।

स्वास्थ्य मन्त्रालयको संक्रमितहरूको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने बढी संक्रमण युवा अवस्थाका व्यक्तिहरूमा देखिएको छ।



ट्रेन्डिङ