ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी २४ असार। कोरोनभाइरसलाई सामान्य फ्लु बताउँदै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बोल्सोनारोले मंगलबार ब्राजिलियन टेलिभिजनमा बोल्दै यसको जानकारी दिएका हुन् ।

‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन् । म पनि पोजेटिभ देखिएको छु,’ सोमबार कोभिड–१९ को परीक्षण गराएका उनले भने । सीएनएन ब्राजिलका अनुसार राष्ट्रपतिलाई हाइड्रोसीक्लोरोकिन र एजिथ्रोमाइसिन प्रयोग गरेर उपचार भइरहेको छ ।

सोमबार उनलाई कोभिड–१९ को लक्षण देखिन थालेको र १०० डिग्री फेरेन्हाइट ज्वारो पनि देखिएको समाचार प्रकाशित भएको थियो ।

कोरोनभाइरसलाई सामान्य फ्लु बताउँदै आएका बोल्सोनारो र्याली र सार्वजनिक कार्यक्रममा मास्क बिना नै सहभागी हुने गरेका थिए ।



ट्रेन्डिङ