हङकङबाट चर्चित भिडियाे एप टिकटक हट्ने,अमेरिकामा पनि प्रतिबन्ध लगाउने तयारि

हङकङबाट चर्चित भिडियाे एप टिकटक हट्ने,अमेरिकामा पनि प्रतिबन्ध लगाउने तयारि

एजेन्सी २३ असार।नयाँ सुरक्षा कानुनका कारण हङकङबाट चर्चित भिडियाे एप टिकटकल हट्ने भएको छ । पछिल्लो समयका घटनाक्रमलाई हेरेर हङकङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेको प्रवक्ताले उल्लेख गरेका छन् ।

समाचार संस्था रोयटर्सले हङकङबाट टिकटक केही दिनमै हट्ने उल्लेख गरेको छ । फेसबुक र ट्विटरले यसै साता हङकङ प्रहरीसँग प्रयोगकर्ताको जानकारीसम्बन्धी सहकार्य हाललाई रोक्ने बताएका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सले टिकटकलाई चीनबाहिरका प्रयोगकर्ताका लागि निर्माण गरेको हो । सो कम्पनीले चीनभित्र भने त्यस्तै खाले डोयिन नामक एप सञ्चालन गर्छ ।

वाल्ट डिज्ने कम्पनीका पूर्वप्रशासक केभिन मायरले नेतृत्व लिएको टिकटकले प्रयोगकर्ताको जानकारी चीनमा भण्डार नगरिने बताएको छ ।

कम्पनीले यसअघि नै चीन सरकारले कुनै सामग्री हटाउन वा कुनै प्रयोगकर्ताको जानकारी मागेमा नदिने बताएको थियो । उसले अहिलेसम्म चीन सरकारले त्यस्तो अनुरोध नगरेको बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

उनले अमेरिका टिकटकसहित चिनियाँ सामाजिक सञ्जालका विभिन्न एपलाई प्रतिबन्धित गर्ने विषयमा अमेरिकाले विचार गरिरहेको बताए । पोम्पेओको भनाइपछि टिकटकका प्रवक्ताले भने, ‘टिकटकको नेतृत्वमा एक अमेरिकी छन् र अमेरिकामा यसको सुरक्षा, उत्पादन र नीतिमा काम गर्ने सयौँ कर्मचारी छन् ।’



ट्रेन्डिङ