ट्याक्टरले च्यापेर कास्कीमा चालकको ज्यान

ट्याक्टरले च्यापेर कास्कीमा चालकको ज्यान

पोखरा २३ असार। कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ बाटुलेथरमा खेत जोतेर फर्किने क्रममा ट्याक्टरले च्यापेर कास्कीमा चालकको ज्यान गएको छ । प्रहरीका अनुसार कास्कीको माछापुछ्रे गाउँपालिकामा खेत जोतेर फर्किने क्रममा अनियन्त्रित भएर ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका, ४ बाटुलेथरमा खेत जोतेर फर्किने क्रममा ट्याक्टर पल्टिएको थियो । ग १ त २२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५ मिटर तल खसेको थियो ।

ट्याक्टर पल्टिएर चालक माछापुछ्रे गाउँपालिकाकै चालक ४५ वर्षिय रामचन्द्र अधिकारीलाई च्यापेको प्रहरीले उल्लेख गरेको छ । ट्याक्टरले च्यापेर घाईते भभएका चालक रामचन्द्रलाई उपचारको लागि मनिपाल अस्पताल पठाइएको थियो तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले नियमित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।



ट्रेन्डिङ