Banner News
२४ घन्टामा थपिए २ सय ४ जना कोरोना संक्रमित

काठमाडौं २३ असार। नेपालमा पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
बितेको २४ घण्टामा ६ सय ८८ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन।
यससङ्गै अहिलेसम्म निको हुनेको संख्या ७ हजार ४ सय ९९ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।