राष्ट्रको विकासमा युवाहरुको भूमिकामा लागू औषध सेवनले प्रभाव पार्‍यो:गृहमन्त्री रामबहादुर थापा

राष्ट्रको विकासमा युवाहरुको भूमिकामा लागू औषध सेवनले प्रभाव पार्‍यो:गृहमन्त्री रामबहादुर थापा

काठमाडौं २३ असार। लागू औषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताए ।

युवाहरुले समाजको र राष्ट्रको विकासका लागि अग्रणी भूमिका खेल्न पर्ने भएपनि लागू औषध सेवनले प्रभाव परेको उनले बताए ।

कार्यक्रममा गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताए । मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागू औषध नियन्त्रण जरुरी रहेको उनले बताए ।गृहमन्त्री थापाले विश्व महामारीका रुपमा फैलिएको कोरोना जस्तै लागू औषध प्रयोगकर्ताहरु रहेको बताए ।

कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकतावद्ध भएर योजनावद्ध रुपमा लगाडि बढ्नुपर्ने संकल्प लिनुपर्ने बताए । मन्त्रालयले योजना नै बनाएर लागू औषध विरुद्धको अभियान सुरु गरेको उनले बताए ।



ट्रेन्डिङ