नयाँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री सिफारिस

नयाँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री सिफारिस

काठमाडौं २३ असार। काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा गृह मन्त्रालयले एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो । गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो ।

आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ ।



ट्रेन्डिङ