सकियो ओली-दाहालवीचको वार्ता,भोलि स्थायी कमिटी बैठक बस्ने

सकियो ओली-दाहालवीचको वार्ता,भोलि स्थायी कमिटी बैठक बस्ने

काठमाडौं २३ असार। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रि तथा सत्तारढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकिएको छ।

आज भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए।

‘दुई अध्यक्षबीच छलफल सकिएको छ। उहाँहरूबीच छलफल जारी रहन्छ,’उनले भने,’बुधबार पनि छलफल गर्ने र स्थायी कमिटी बैठक पनि बस्ने भएको छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको बताए।‘छलफल कुनै निष्कर्षमा पुगेको छैन। छलफल सकारात्मक छ। यो कुराकानी कै निरन्तरता हो’,उनले भने।

अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुनेछ ।

स्थायी कमिटी बैठकअघि फेरि पनि अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गर्नेछन् । अहिलेसम्म सहमतिका लागि ठोस प्रगति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।



ट्रेन्डिङ