मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण देखियो

मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण देखियो

काठमाडौं २३ असार। आत्माहत्या प्रयास पश्चात उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जिनकारी दिए।

भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो।

अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको छ।



ट्रेन्डिङ