Banner News
नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट पानी छाडियो

चितवन २३ असार। निकै समय देखि चर्चामा रहेको चितवनको नारायणी लिफ्ट सिँचाइ प्रणालीको आज मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । चितवनको पश्चिम भेग(पश्चिम चितवन) तिर सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट आज पानी छाडिएको हो ।
पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ । पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकले बताए।