भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

काठमाडौं २३ असार। छिमेकि मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् ।

अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ