भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर एकजनाको मृत्यु

बझाङ २३ असार। सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ का २८ वर्षका नरेश विष्टको उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको छ।

२८ वर्षका नरेश विष्टको सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकन्द्र सिंहले उनको चैनपुरमा उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताए।



ट्रेन्डिङ