PBM News
आज पनि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं २३ असार। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरू भएको छ।
नेकपाभित्र जारी विवाद समाधानका लागि निरन्तर रुपमा दुइ अध्यक्षबिच भेटवार्ता भइरहेको छ।यसअघि सोमबार भएको दुई अध्यक्षको भेटमा गतिरोध अन्त्यका लागि दुई अध्यक्षले नै प्रयास गर्ने सहमति भएको थियो।
दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुबै पक्षका नेताहरूले दबाब दिएका छन्।
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्नु पर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छन्।प्रधानमन्त्री ओलीले भने दुबै पद नछाड्ने स्पष्ट पारेका छन्