माधकुमार नेपाल पछि चिनियाँ राजदूतले भेटिन् झलनाथ खनाललाई

माधकुमार नेपाल पछि चिनियाँ राजदूतले भेटिन् झलनाथ खनाललाई

काठमाडौं २३ असार । सत्यारुढ दल नेकपाभित्र विवाद बढेको बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले नकपाको नेताहरुसङ्ग भेटघाट बढाउन थालेकि छिन। यसैक्रममा नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।

यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् ।



ट्रेन्डिङ