मास्क लगाई सामाजिक दूरी कायम गरेर मात्रै हिडडुल गर्न चितवन प्रशासनको आग्रह

मास्क लगाई सामाजिक दूरी कायम गरेर मात्रै हिडडुल गर्न चितवन प्रशासनको आग्रह

चितवन २२ असार । गृहमन्त्रालयले दिएको निर्देशन अनुसार चितवन प्रशासनले मास्क लगाएर मात्रै हिडडुल गर्न आग्रह गरेको छ । सामाजिक दूरी कायम गरीलाई ख्याल गरेर मास्क लगाएर हिडडुल गर्न सार्वजनिक सूचना नै जारी गरेको छ ।

सूचनाको बेवास्ता गरी मास्क नलगाई, सामाजिक दूरी कायम नगरी यात्रामा निस्किने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० बमोजिम तत्काल नियन्त्रण लिई कारवाही गरिने समेत जारी सूचनामा भनिएको छ । (कोभिड १९ ) संक्रमितको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले नै सूचना जारी गरि मास्क अनिवार्य लगाउन भनेको छ ।



ट्रेन्डिङ