पार्टी एकताको पक्षमा दवाव दिन नेकपा चितवनका कार्यकर्ताले जिल्ला नेतृत्व मार्फत शीर्ष नेतालाई ज्ञापन पत्र बुझाए

पार्टी एकताको पक्षमा दवाव दिन नेकपा चितवनका कार्यकर्ताले जिल्ला नेतृत्व मार्फत शीर्ष नेतालाई ज्ञापन पत्र बुझाए

चितवन २२ असार । पार्टी एकताको पक्षमा दवावदिने उद्देश्यले नेकपा चितवनका कार्यकर्ताहरुले जिल्ला नेतृत्व मार्फत शीर्षनेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।  चितवनको भरतपुर स्थित पार्टी कार्यालयमा सयौंको संख्यामा उपस्थित कार्यकर्ताहरुले जिल्ला नेतृत्व मार्फत शीर्ष नेताहरुलाई पार्टी एकताको पक्षमा लाग्न भन्दै ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझाउन पार्टी कार्यालय पुगेका कार्यकर्ताहरुले पार्टी एकताको पक्षमा नाराबाजी समेत गरेका थिए ।  कार्यक्रम स्थल विधिसंगत पार्टी सन्चालन गर, जनवादी केन्द्रियता लागू गर, एमसिसि खारेज गर, पार्टी निर्णय लागू गर, पार्टी फुटाउन पाईदैन, संसद अधिवेशन चालू गर, नागरिकता विधेययक पारित गर, फुटवादीहरु होसियार, जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रमा युवा संघका केन्द्रीय सदस्य सन्तोष पनेरुले संबोधन गरेका थिए । उनले पार्टी बिधि मा हिडोस र पार्टी एकताको रक्षा होस् भन्न चिन्ता युवाहरुमा रहेकाले नेतृत्वको ध्यानाकर्षणको माग गरे ।  कार्यक्रममा अनेरास्ववियू चितवनका नेता रोहित सुवेदीले ज्ञापनपत्र पढेर सुनाएका थिए। राष्ट्रिय युवा संघ चितवन, अनेरास्ववियू चितवन, अनेमसघं चितवन, ट्रेड युनियन लगायतको तर्फवाट सो ज्ञापन पत्र युवा संघ चितवनका अध्यक्ष मधु न्यौपानेले नेकपा चितवनका ईन्चार्ज कृष्ण खनाल एवं नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार( ईन्द्रजित )लाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । सो अबसरमा युवा संघका नेताहरु दिबस पाण्डे, साजन अधिकारी बिधार्थी नेताहरु सुरज सिह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्तयमा नेकपा चितवका अध्यक्ष तथा ईन्चार्ज कृष्ण खनालले पार्टी एकताको पक्षमा चिन्तासहित कार्यक्रमको आयोजना गरेकोमा सहभागी सम्पुर्णलाई धन्यवाद दिदैं, पार्टी एकताको पक्षमा आएको यो आवाजलाई शीर्ष नेतृत्वसम्म पुर्याऊने प्रतिवध्दता ब्यक्त गरेका थिए।



ट्रेन्डिङ