काठमाडौंमा संक्रमित बढेसंगै समुदायमा छ/छैन पत्ता लगाउन १० ठाउँमा परीक्षण हुँदै

काठमाडौंमा संक्रमित बढेसंगै  समुदायमा छ/छैन पत्ता लगाउन १० ठाउँमा परीक्षण हुँदै

काठमाडौं २२ असार। पछिल्लो २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकाको समुदायमै संक्रमण फैलिए/नफैलिएको भन्ने सम्वन्धमा मन्त्रालयले विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ।

यी १० ठाउँमध्ये पहिलो चरणमा तीनकुने र नख्खुडाेलका २२८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अन्य विभिन्न ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए। ‘अन्य ठाउँको पनि परीक्षण रिपोर्ट आउने क्रम जारी छ’



ट्रेन्डिङ