देश /समाज
भारतले मिचेको दशगजाको पिलर हटाउने सहमति

रौतहट २२ असार । रौतहटको इशनाथ नगरपालिका– १ बन्जरहामा भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेकोमा हटाउने सहमति भएको छ । दशगजमा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बन्जरहादेखि दक्षिण दशगजामा जीपीएस प्रविधिबाट नक्साको पहिचान गरेर सीमा क्षेत्रका ११ स्थानमा अस्थायी पिलर गाडिएको छ ।