साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने मन्त्रालयको अनुमान

साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने मन्त्रालयको अनुमान

काठमाडौं २२ असार। साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरेको छ। जसमध्ये ५ हजार संक्रमित काठमाडौं उपत्यकाका हुने मन्त्रालयको अनुमान छ।

साउनको अन्तिमसम्म देशभर २५ हजार संक्रमित थपिने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्राल गरेको छ र त्यसमध्ये ५ हजार काठमाडौंको हुनसक्ने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

आइतबार सम्मको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ छ। जसमा काठमाडौं उपत्यकाका १ सय ३७ जना छन्।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन्। साथै कतै नगएका व्यक्ति अर्थात् ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएको छ।

मन्त्रालयले समेत उपत्यकामा संक्रमण बढी रहेको हुनसक्ने भन्दै परीक्षणको दायरा बढाउन लागेको छ।

प्रवक्ता गौतमले भने, उपत्यकाको बढी भीडभाड हुने ठाउँ, अस्पतालहरूको आकस्मिक कक्ष, आइसियूमा रहेका बिरामी, बैंकको काउन्टरमा रहेका व्यक्तिहरूको परीक्षण गर्न लागेका छौं।

यस्तै क्यान्सर, मधुमेहका बिरामीहरूको पनि परीक्षण गर्ने भनिएको छ।

हालसम्म उपत्यकामा ठूलो संख्यामा परीक्षण गरिएको छैन। यसअघि कालिमाटी तरकारी बजार, सरसफाइमा काम गर्ने व्यक्ति र जनप्रतिनिधि गरेर झण्डै १५ हजार व्यक्तिको परीक्षण गरिएको थियो। त्यसमा पनि आधा व्यक्तिको मात्र पिसिआर विधिबाट परीक्षण भएको थियो। बाँकीको भने र्‍यापिड टेस्ट गरिएको थियो।



ट्रेन्डिङ