देवघाटमा बन्ने भयो वृद्धग्राम

देवघाटमा बन्ने भयो वृद्धग्राम

चितवन २२ असार। देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित ३५ जना वृद्धवृद्धा रहेका देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ ।

अब सो सङ्ख्या ३५ देखि तत्काल ५० पुर्याइने छ । हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका समितिका अध्यक्ष शिवराज पौडेल जानकारि दिए।

अब मापदण्ड पूरा गरी आएका वृद्धवृद्धालाई राख्न सकिने गरि योजना अगाडि बडाएको समितिका अध्यक्षले जानकारी दिए।

सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेक, मानशिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एवं चिकित्सकले प्रमाणित गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ ।

उनले हाल केन्द्रमा जाजरकोटदेखि सुनसरीसम्मका वृद्धवृद्धा रहेको, पछिल्ला वर्षमा दाताको राम्रो सहयोग पाएको तथा दूध र सागसब्जी बाहेक खाद्यान्न किन्नु नपरेको बताए । वार्षिक रुपमा रु ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको समितिले जनाएको छ । विभिन्न व्यक्तिले विवाह उत्सव, जन्म, श्राद्ध, सङ्घसंस्थाको स्थापना दिन वृद्धवृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् । केन्द्रलाई विस्तार गरी वृद्धग्राम बनाउन लागिएको छ ।

अब करिव १०० जना वृद्धवृद्धा बसेर विभिन्न गतिविधिमा समावेश हुन सक्ने गरी ग्राम बनाउन लागिएको छ ।

सरकार र निजी विभिन्न सङ्घसंस्थासँग बजेट जुटाएर उत्कृष्ठ ग्राम बनाउन लागिएको केन्द्रका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए ।

आगामी वर्षको बजेटमा रु ८० लाख हाराहारी राखेर काम अघि बढाउने उहाँको भनाइ छ ।



ट्रेन्डिङ