PBM News
खोलामा डुबेर एक बालक बेपत्ता

बाजुरा २२ असार। बाजुरामा बुढीगंगा नदीको द्धारी खोलामा डुबेर एक बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिङ ठगुन्नाका अनुसार बाजुराको बुढीगंगा नगरपालिका–२ बस्ने १५ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्धारी खोलामा डुबेर बेपत्ता भएका हुन्।
बालकको खोजी कार्यका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।