कालिका नगरपालिकाको वडा नं. ७ ले थाल्यो कार्यालय भवन बनाउने काम

कालिका नगरपालिकाको वडा नं. ७ ले थाल्यो कार्यालय भवन बनाउने काम

पिविएम न्यूज
कालिका २२ असार । कालिका नगरपालिकाका विभिन्न वडाहरुले आफ्नै कार्यालय भवन बनाउन जुटेका छन् । जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि अधिकाङस वडाहरु कामचलाउन शैलीमा कार्य सम्पादन गर्दै आएका थिए ।
कार्यालयकै आफ्नै भवन नभएका वडाहरुले भवन बनाउने कामलाई प्राथमिकतामा राखेका छन् । यसैअन्तर्गत वडा नं. ७ ले आफ्नै भवन बनाउन सुरु गरेको छ ।

भवनको आजमात्रै सिलन्यास गरिएको छ । वडा अध्यक्ष डिल्लीराम दवाडी आफैले भवनको शिलन्यास गरेका हुन । सिलन्यास कार्यक्रममा वडा सदस्य उमाकान्त सापकोटा, दीपक सिंह परिवार, कल्पना परियार सँगै नेकपा वडा अध्यक्ष तुलवहादुर विक लगायत अन्य विभिन्न राजनीति दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

भवन निर्माणको काम युनिभर्सल सिभल कन्स्ट्रक्सन प्रा.लिले गर्न थालेको छ । कार्यालयका लागि आरसिसि प्रेम स्ट्रकचरल एकतले भवन निर्माण हुनेछ । निर्माण कम्पनीले सम्झौता भएको एक वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने भनिएपनि जारी लक डाउन लगायत अन्य प्राविधिक कारणले सम्झौता अनृुसारको काम ढिलाई भएपनि निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने योजना छ । २०७६ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
भ्याट बाहेक ६५ लाख ४२ हजार १ सय ४ रुपैयाँमा भवन निर्माण गर्ने सम्झौता छ ।

यस अघि कालिका नगरपालिकाको वडा नं. १ ले आफ्नै सुविधा सम्पन्न भवन बनाएर सोही भवनबाट कार्य सम्पादन गर्न सुरु गरिसकेको छ । अन्य केहि वडाहरु भएका पुरानै संरचनामा बसेर कार्य सम्पादन गर्दै आएका छन भने केहिवडाहरु भाडामा बसेर कार्य सम्पादन गर्दै आएका छन् ।

संरचना अभाव भएका वडाहरुका लागि आफ्नै कार्यालय भवन बनाउने गरी योजनाहरु तयार भएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । नगरपालिका आफैपनि भाडामा बसेर कार्य सम्पादन गर्दै आएको छ । नगरपालिका आफै पनि कार्यालय भवन निर्माणमा जुटेको छ ।



ट्रेन्डिङ