दैलेखमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिन सुरु

दैलेखमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिन सुरु

दैलेख २२ असार। समुदायस्तरमा कोरोना संक्रमण फैलिएकोबारे सरकारी संयन्त्रमा चर्चा चल्दै गर्दा दैलेखमा भने समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन सुरु भएको छ।

दैलखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीका अनुसार संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेका छन् । उनका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ र उनीहरुको अवस्था सामान्य छ ।

संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।



ट्रेन्डिङ