नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित

काठमाडाैं २२ असार। हिजो बसेको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको बैठकमा कुनै निष्कर्ष ननिस्के पछि आज पनि छलफलको लागि भन्दै नेकपा स्थायी कमिटीको बैठक २४ गते बुधवारसम्मका लागि स्थगित भएको छ ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलका लागि भन्दै १८ गते बिहीवारको बैठक शनिवारसम्मका लागि स्थगित भएको थियो ।

शनिवार दोस्रोपटक सोमवारसम्मका लागि बैठक स्थगित भएको थियो ।

आज सोमवार बिहान ११ बजेका लागि बोलाइएको बैठक २४ गते ११ बजे बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सहमतिको प्रयासस्वरूप ओली प्रचण्डबीच आज (सोमवार) पनि छलफल हुँदैछ ।



ट्रेन्डिङ