देशैभर ‌मौसम बदली रहने जल तथा मौसम विज्ञान काे पूर्व अनुमान , चितवन सहित विभिन्न ठाउँमा विहानै देखि पानी पर्दै

देशैभर ‌मौसम बदली रहने जल तथा मौसम विज्ञान काे पूर्व अनुमान , चितवन सहित विभिन्न  ठाउँमा विहानै देखि पानी पर्दै

चितवन २२ असार । जल तथा मौसम विज्ञान विभागले आज देशभर मौसम बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ । चितवनमा बिहानैदेखि पानी परिरहेकाे छ । उता काठमाडौंमा पनि विहानैदेखि पानी पर्दै छ ।

प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज देशभर साधारणतया मौसम बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



ट्रेन्डिङ