अमेरिकी दूतावास र सैन्य इलाकामा रकेट हमला

अमेरिकी दूतावास र सैन्य इलाकामा रकेट हमला

एजेन्सी २२ असार। इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास र बगदाद नजिकै रहेको अमेरिकी सैन्य इलाकामा रकेट हमला भएको छ । यो कुराको पुष्टि इराकी सुरक्षा बलले गरेको छ ।

अमेरिकी दुतावस रहेको ग्रिन जोन क्षेत्रमा एउटा रकेट हमला भएको छ भने अर्को हमला बगदादको कजिकै रहेको ताजी सैन्य अड्डालाइ निशाना बनाएर भएको छ। तर दुवै हमला असफल भएको छ।

सेनाका अनुसार रकेट ग्रिन जोन क्षेत्रबाट केही पर एक घर नजिकै खसेको थियो । जसका कारण एक बालक घाइते भएका छन् भने घरमा क्षति पुगेको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यही समयमा हाम्रा सुरक्षा बलले एक अर्को रकेटलाई असफल पारिदिए । कत्युशा रकेट र लन्चरलाई कब्जामा लिए । यो हमला बगदादस्थित ताजी सैन्य अड्डालाई निशाना बनाएर गरिएको थियो ।’



ट्रेन्डिङ