भरतपुरमा थप एकजना पुरूषमा देखियाे काेराेना संक्रमण

भरतपुरमा थप एकजना पुरूषमा देखियाे काेराेना संक्रमण

भरतपुर २१ असार । चितवनकाेे भरतपुरमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१० का ३० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

ती पुरुषको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिए ।

संक्रमित पुरुष असार दोस्रो साता दुवईबाट आएका थिए । ती पुरुष होम क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराएका थिए । 🤗



ट्रेन्डिङ