टांडी चाेकमा स्कारपियाेले ठक्कर दिंदा एकजना साईकल यात्रीकाे मृत्यु

टांडी चाेकमा स्कारपियाेले ठक्कर दिंदा एकजना साईकल यात्रीकाे मृत्यु

चितवन २१ असार  । पूर्वी चितवनको रत्‍ननगर नगरपालिका वडा नं. २ टाँडी चोकमा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३४वर्षीय कृष्णकार रञ्जित रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट रत्ननगर तर्फ गईरहेको प्रदेश नम्बर ३–०१–००२२च ३९४४ नम्बरको स्कारपियोले साईकल यात्री  रञ्जितलाई आइतबार दिउँसो टाँडी चोकमा ठक्कर दिएको थियो । ठक्करबाट घाइते रञ्जितको उपचारका क्रममा सांँझ ७ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने सवारी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।



ट्रेन्डिङ