को बन्छ ? अनलाईन थारु डान्सिङ स्टार, दोश्रो श्रृखला आज राती ८ बजे

को बन्छ ? अनलाईन थारु डान्सिङ स्टार, दोश्रो श्रृखला आज राती ८ बजे

चितवन २१ असार । अनलाईन थारु डान्सिङ स्टारको दोश्रो श्रृखला आज बेलुकी प्रशारण हुँदैछ । बेलुकी ८ बजे विराट टेलिभिजनको यूटुब च्यानल मार्फत हेर्न सकिनेछ । आजको श्रृखलाबाट २६ जना मध्ये टप २१ जना छनौटमा पर्नेछन् । आजको श्रृखलाबाट पाँचजना बाहिरिनेछन् ।

आजको श्रृखलाबाट कुनकुन सहभागी विदाहुँदैछन निकै चासोको विषय बनेको छ । अनलाईन थारु डान्सिङ स्टारमा देशभरवाट सहभागीता जनाएका छन् । थारु भाषाको गीतमा आफैले नृत्य गरेर पठाइएका भिडियोहरु मध्ये निर्णायकहरुले छनौट गरेका नृत्यहरुलाई प्रतिस्पर्धामा सहमागी गराईएको छ । यस अघि पहिलो श्रृखलामा सहभागी मध्ये उत्कृष्ठ २६ जना छनौटमा परेका थिए । आजको श्रृखलामा भने २६ जनाबाट २१ जना मात्रै अर्काे श्रृखलामा जानेछन् । उनीहरुबाट पनि टप १६ जना छनौटमा पर्नेछन् ।

उनीहरुको प्रस्तुती, पोशाक, शारीरिक हाउभाउलाई आधार बनाएर निर्णायकले प्रतिस्पर्धामा सहभागी पाँच जना बाहिरिनेछन् । यसैगरी टप १६ वाट ९ जना छनौटमा पर्ने छ । यसरी नै क्रमस तीनजना छनौटमा पर्नेछन् । उनीहरुमध्येवाट नै अनलाईन थारु डान्स स्टार बन्नेछन् । डान्स स्टार छान्ने जिम्मा भने दर्शक स्रोतालाई हुनेछ ।  अनलाईन मार्फत सहभागी जनाएकाहरुलाई अन्तिम निर्णय अनलाईनमा जसको भिडियो धेरै शेयर हुन्छ उसैलाई अनलाईन थारु डान्स आइडल बनाइनेछ ।

कार्यक्रममा सुरेश चौधरी, वीर चौधरी, गायक श्रीनिवास, विवश चौधरी, ममता चौधरी जर्जको रुपमा छन् । यो कार्यक्रम एक महिना सम्म चल्नेछ ।कार्यक्रम सन्जय माझी( सन्जु )बाबाको परिकल्पनामा एवि म्यूजिकले यो कार्यक्रम आयोजना गरेको हो । सोनम चौधरीले कार्यक्रम होस्ट गर्दै आएकी छिन् । आज प्रशारण हुने कार्यक्रममा अतिथिको रुपमा पूर्वी नेपालकी चर्चीत गायिका गीता चौधरी आउँने कार्यक्रम छ ।  अनलाईन थारु डान्सिङ स्टारको आधिकारीक मिडियामा पिविएम न्यूज डटकम रहेको छ । ((००)



ट्रेन्डिङ