केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका नेताहरुले सुरु गरे हस्ताक्षर संकलन सुरु

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका नेताहरुले सुरु गरे हस्ताक्षर संकलन सुरु

काठमाडौं २१ असार। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माविवाद बढादै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरु छलफलमा जुटेका बेला केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरुले बताएका छन् ।

पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ । निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिनसक्छ’ नेता ठाकुर गैरेले भने ।

पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उनले बताए ।



ट्रेन्डिङ