२४ घन्टामा थपिए २ सय ९३ जना कोरोना संक्रमित

२४ घन्टामा थपिए २ सय ९३ जना कोरोना संक्रमित

काठमाडौं २१ असार। नेपालमा पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

बितेको २४ घण्टामा १ सय ३२ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन।

यससङ्गै अहिलेसम्म निको हुनेको संख्या ६ हजार ५सय ४७ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त  भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।



ट्रेन्डिङ