फेसबुकमा लाइभ गर्दै भरतपुरमा एक युवतीले आत्महत्या गरिन

फेसबुकमा लाइभ गर्दै भरतपुरमा एक युवतीले आत्महत्या गरिन

भरतपुर २१ असार । केही दिनअघि फेसबुक लाइभ गरेर दाङमा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै भरतपुरमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका वडा नं. २४ घर भएकी १९ वर्षिय विद्या पाण्डेले फेसबुकमा लाईभ गरेर आत्महत्या गरेकी हुन । भरतपुर १० स्याउलीबजारमा भाडामा बस्दै आएकी पाण्डेले शनिवार पौने १० बजेराती फेसबुक लाईभ गरेर आत्महत्या गरकी हुन ।

उनीसँगै अन्य दुईजना युवतीहरु सँगै कोठामा बस्दै आएका थिए । बाहिर रहेको अवस्थामा कोठामा गएर लाईभ गरी आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । उनी लागूऔषध प्रयोगकर्ता हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको कोठाबाट लागूऔषधमा प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीको भनाई छ । आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिकाको वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै   कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरेका थिए । उनीपनि लागुऔषध प्रयोग गर्दै आएका थिए ।

फोटोःनारायणी अनलाईन



ट्रेन्डिङ