नेपाल आइपुग्दानै स्वास्थ्य अवस्था गम्भिर,मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल आइपुग्दानै स्वास्थ्य अवस्था गम्भिर,मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौं २१ असार। बाग्लुङकमा ढोरपाटन नगरपालिकाको खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार एक गते मात्र भारतबाट आएको पाइएको छ ।

भारत मज्दुरि गर्न परिवारसहित गएका उनि क्षयरोगबाट पीडित थिए। उपचार खर्चको समस्या परेपछि श्रीमतीले बिरामी श्रीमान तथा छोरा–छोरी लिएर असार १ मा गाउँ फर्किएका थिए ।

स्वास्थ्यमा समस्या भएका कारण गोठमा छुट्टै बस्ने व्यवस्था मिलाएको थियो तर स्थानीयले भारतबाट आएको भन्दै क्वारेन्टिनमा बस्न दबाव दिए ।असार १२ गते ढोरपाटन नगरपालिकाले खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा ल्याएर राख्यो

‘श्रीमानको अवस्था गम्भीर रहेकाले घरमै लगेर राख्ने व्यवस्था मिलाउँछु । यहाँ राख्दा झन् जोखिम हुने भयो भनेर उहाँको श्रीमतीले भनेपछि हामीले होम क्वारेन्टिनमा बस्ने गरी पठायौं, नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भनेका छन् ।

नगरका स्वास्थ्य प्रमुख घनश्याम चालिसेका अनुसार त्यही बेला परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । पाँच जनाको परिवारमा आमा र दुई जना छोरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाबु र छोराका रिपोर्ट आउन बाँकी थियो ।

होम क्वारेन्टिनमा बसेका बेला नै उनको आइतबार बिहान निधन भएको छ । र, उनलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख चालिसेले बताए । उनका अनुसार परिवारका सबै सदस्य मृतक पुरुषको स्याहार सुसारमा संलग्न भएकाले सबैको फेरि पीसीआर टेष्ट गरिनेछ ।



ट्रेन्डिङ