नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं २१ असार। कोरोना सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न  र पिसिआर परीक्षणलाई तीव्रता दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

आज जारी प्रेस विज्ञप्तिमा प्रवक्ता वेदप्रसाद भट्टराईद्वार काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरेका छन्।

उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।



ट्रेन्डिङ