ओली-प्रचण्ड विवादलाई थप बढ्न नदिन सकारात्मक,अनौपचारिक कार्यदल गठन

ओली-प्रचण्ड विवादलाई थप बढ्न नदिन सकारात्मक,अनौपचारिक कार्यदल गठन

काठमाडौं २१ असार। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बीचको छलफलमा सत्तारूढ नेकपाभित्रको जारी विवादलाई थप बढ्न नदिन सकारात्मक भएका छन्।

नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलमा सहमतिका लागि अझै प्रयास गर्ने सहमति भएको हो।दुई अध्यक्षको छलफल सकारात्मक भएको तर कुनै नतिजा ननिस्केकाले भोलि फेरि बैठक बस्ने तयारि छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीसँगै उनीनिकट उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखेर, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।त्यस्तै प्रचण्डसँगै उनी निकटका स्थायी समिति सदस्य एवम् उर्जा मन्त्री वर्षमान पुन र अर्का स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए।

स्रोतका अनुसार पौडेल, पोखरेल, पुन र शर्माको कार्यदल बनाइएको छ। यद्यपी यसलाई औपचारिकता भने दिइएको छैन।



ट्रेन्डिङ