क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

बागलुङ २१ असार। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।

उनका अनुसार केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनि लामो समयदेखि भारतमा बस्दै आएका थिए।उनि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो ।



ट्रेन्डिङ