बालुवाटारमा जारी ओली– दाहाल छलफल सकियो, निष्कर्ष निस्किएन

बालुवाटारमा जारी ओली– दाहाल छलफल सकियो, निष्कर्ष निस्किएन

काठमाडौं २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा जारी छलफल सकिएको छ । साक्षीसमेत रहेर दुवै पक्षबीच छलफल भएको थियो । बैठक भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक विनानिष्कर्ष सकिएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने बताइएको छ । पछिल्लोपल्ट नेकपामा देखिएको विवाद फुटको संघारमा पुगेको छ। दुईजना अध्यक्षबीच देखिएको विवादका कारण स्थायी कमिटीको बैठकसमेत भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले दूतावासले आफूलाई हटाउन लागेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न रहेको बताएपछि विवाद थप पेचिलो बनेको थियो ।



ट्रेन्डिङ