कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ नेपालीको मृत्यु

चितवन २१ असार। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।

शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।



ट्रेन्डिङ