२४ घण्टामा भारतमा थपिए २४ हजार ८५० नयाँ कोरोना संक्रमित

२४ घण्टामा भारतमा थपिए २४ हजार ८५० नयाँ कोरोना संक्रमित

काठमाडौं २१ असार। पछिल्ले २४ घण्टामा छिमेकि मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ६१४ जनाको मृत्यु भएको हो ।त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ ।

अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्।



ट्रेन्डिङ