प्रचण्ड,झलनाथ खनाल र माधवकुमार नेपाल पुगे शितल निवास

प्रचण्ड,झलनाथ खनाल र माधवकुमार नेपाल पुगे शितल निवास

काठमाडौं २१ असार। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल शितल निवासमा पुगेका छन्।

यसअघि हिजो(शनिबार) साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका थिए।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

 



ट्रेन्डिङ