क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

बागलुङ २१ असार। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ ।

केहि समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनि लामो समयदेखि भारतमा बस्दै आएका थिए।उनि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो ।

उनको पिसीआर रिपोर्ट अहिलेसम्म नआएकाले रिपोर्ट आएपछि मात्र उनको दाहसंस्कार गरिने डा मल्लले बताउनुभयो ।



ट्रेन्डिङ