माेटरसाईकल ठाेकिर आगाे लाग्यो

माेटरसाईकल ठाेकिर आगाे लाग्यो

पाेखरा २० असार । पोखरामा २ मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भएको छ । ग १४ प ३८६१ नम्बरको पल्सर र ग १६ प ४४४१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भएको हो ।

महेन्द्रपुलबाट पृथ्बीचोकतर्फ जाँदै गरेका दुवै मोटरसाईकल आपसमा ठक्कर खाएर नयाँबजारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले बताए । उनका अनुसार मोटरसाइकलमा सवार ४ जना सामान्य घाइते भएका छन् ।

उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार दुवै मोटरसाईकल एकआपसमा ठोकिनेवित्तिकै आगो लागेको थियो । दुबै मोटरसाइकल जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।



ट्रेन्डिङ