प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासमा

काठमाडौं २० असार। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मिटिङका लागि भन्दै बोलाइएको हो । यद्यपि यो मन्त्रिपरिषद् वा अरु मिटिङको प्रष्ट भएको छैन ।

पार्टी भित्र ओलिको राजिनामाको चर्को मागका बिच राष्ट्रपतिसङ्गको भेटलाइ निकै महत्वका साथ हेरिएको छ।



ट्रेन्डिङ