क्‍वारेन्टाइनबाट भागेका मध्ये १ जनामा कोरोना पोजिटिभ

क्‍वारेन्टाइनबाट भागेका मध्ये १ जनामा कोरोना पोजिटिभ

पाल्पा २० असार। तिनाउ गाउँपालिका–३, झुम्साको तिलोत्तमा क्वारेन्टाइनबाट बिहीबार भागेकामध्ये १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पीसीआर विधिबाट स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्‍वारेन्टाइनबाट भागेका ८ मध्ये १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीका अनुसार उनीहरुको पीसीआर रिपोर्ट शुक्रबार आएको हो ।

क्‍वारेन्टाइनमा बसेको २२ दिन हुदा पनि रिपोर्ट नआएसि उनिहरु भागेका हुन।

तिनाउ गाउँपालिका–५, घुँघराछापका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनीसँगै उनका छोरा, सोही वडाको बिस्कुनडाँडाका २, साविक कोलडाँडाका २, तिनाउ–४, सत्यवती लगाडका १ जना भागेका थिए । भागेर गए पनि उनीहरुलाई गाउँमा पुगेपछि घरमा बस्न भने दिएका छैनन् ।

स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार सबैलाई नजिकको विद्यालयका साथै खाली घरमा राखिएको छ । एक जनालाई पोजिटिभ आएकाले अब उनीहरुसँगको कन्ट्याक्टमा को-को आए भन्नेतर्फ खोजी भइरहेको उनले बताए ।



ट्रेन्डिङ